नेपाल बैंक र फिन्तारा सोलुसन्सबिच सम्झौता

बिहिबार, १९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ नेपाल बैंक लिमिटेडले क्रेडिट कार्डबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

बैंकले स्थापनाको ९०औँ वार्षिकोत्सवका अवसरमा बिएनपिएल प्लाटफर्ममा आबद्ध भई ग्राहकलाई किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने सेवा सुरुवात गरेको हो । यसका लागि बैंक र फिन्तारा सोलुसन्स प्रालिबिच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठक र फिन्ताराका कार्यकारी निर्देशक आशिषकुमार शर्माले हस्ताक्षर गरे । 
 

यसअनुसार बैंकको क्रेडिट कार्डवाहक ग्राहकले ‘बाई नाउ, पे लेटर’ सुविधा प्रयोग गरी १८ महिनासम्मको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । यसअन्तर्गत कुनै ब्याज तथा सेवाशुल्क नलाग्ने बैंकले स्पष्ट पारेको छ । बैंक ३० कात्तिकबाट ९०औँ वर्षमा प्रवेश गर्दै छ । 

सुझावित समाचार