नारायणीमा डुबेर दुई किशोर–किशोरी बेपत्ता, एकको सकुशल उद्धार

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

नवलपुर । गैंडाकोट नगरपालिका–१ स्थित ब्रिटिस क्याम्प पार्क नजिकै नारायणी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन् भने एकजनाको सकुशल उद्धार गरिएको छ।

आइतबार साँझ करिब ५ः२० बजे स्थानीय १७ वर्षीया वर्षा सुनार नदीमा डुब्न लागेपछि उनलाई बचाउन गैंडाकोट–२ का १५ वर्षीय प्रतिक सापकोटा र १४ वर्षीय सबिन सुनार नदीमा पसेका थिए। सो क्रममा तीनैजना नदीमा डुबेका थिए।

घटनालगत्तै चितवन राप्ती नगरपालिका–९ का ४१ वर्षीय चेकमान सिंह लामाले १४ वर्षीय सबिन सुनारलाई सकुशल उद्धार गर्न सफल भए। नदीमा बेपत्ता भएका वर्षा सुनार र प्रतिक सापकोटाको भने खोजी भइरहेको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको नेतृत्वमा १० जना र सशस्त्र प्रहरी बल नेपाल पितौजीबाट सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काको कमाण्डमा १० जनाको टोली डुङ्गासहित खोजी तथा उद्धार कार्यमा खटिएको नवलपुर प्रहरीले जनाएको छ।

सुझावित समाचार