४२.७२० ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ

शनिबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण

वीरगन्ज। पर्साको वीरगन्ज महानगरपालिकाबाट ४२.७२० ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्ज र प्रहरी चौकी इनर्वाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका– ६ निवासी २८ वर्षीय अमित दर्जी र म्याग्दे गाउँपालिका– २ निवासी २९ वर्षीय दीपक परियार रहेका छन्।

उनीहरूको साथबाट ४२.७२० ग्राम खैरो हेरोइन र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

सुझावित समाचार