तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका– २, जामुनेमा तीनवटा सवारीसाधन एक–आपसमा ठोक्किँदा दुईजना घाइते भएका छन्।
प्रहरीका अनुसार दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.१९च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग.१ज ९००८ नम्बरको विद्युतीय माइक्रोबस एक–आपसमा ठोक्किएका थिए।
ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ सडकको डिभाइडर नाघेर विपरीत लेनमा पुगेको थियो। त्यसपछि पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग.१ज ७५०१ नम्बरको टाटा सुमोसँग स्कारपिओ पुनः ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुईजना घाइते भएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।