चोरी गरेको तीन थान मोटरसाइकलसहित एकजना पक्राउ

शुक्रबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

लहान । जिल्ला सदरमुकाम समेत रहेको सिराहा नगरपालिका– ७, सिराहा बजार क्षेत्रमा बस्दै आएका एक युवकलाई प्रहरीले चोरी गरेर राखिएका तीन थान मोटरसाइकलसहित पक्राउ गरेको छ । 

सिराहा नगरपालिका– ९, गुलरिया घर भएका करिब २५ वर्षीय ऋषिकुमार यादवलाई चोरी गरेर राखिएको तीन थान मोटरसाइकलसहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार यादवलाई स.८प ७०६३ नम्बरको कालो रङको १५० सिसीको पल्सर, स.११ प ०६११ नम्बर परिवर्तन गरी स.९प ८४५६ नम्बर कायम गरिएको कालो रङको २२० सिसीको पल्सर र स.४प १७ नम्बरको रातो रङको युनिकर्न मोटरसाइकलसहित पक्राउ गरिएको हो । 

उनका अनुसार चोरीको मोटरसाइकलसहित पक्राउ गरिएका यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ ।

सुझावित समाचार