काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने भएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने कार्यक्रम रहेको छ।
यसअघि विजयादशमीका दिन राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने परम्परा रहँदै आएको थियो। तर, गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नुपरेको तथा शान्तिपूर्ण र हर्षोल्लासपूर्ण वातावरण नरहेको भन्दै सर्वसाधारणलाई टीका लगाइदिने औपचारिक कार्यक्रम स्थगित गरिएको छ।
यस वर्ष पनि उक्त कार्यक्रम आयोजना नगरिने राष्ट्रपति कार्यालयले जनाएको छ।