सरकारले निंकुशता र फाशिष्ट चरित्रको नांगो रुप देखायो : नेकपा

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेकपाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेर निरंकुशता र फाशिष्ट चरित्रको नांगो रुप देखाएको भन्दै बिरोध र भत्र्सना गरेको छ। ‘सरकारले पत्रकारहरुलाई जथाभावी गैरकानुनी ढंगले पक्राउ गरेको घटना र संचार माध्यममाथिको हस्तक्षेप निन्दनीय छ।

संविधान र कानुनविपरित छ। यस घटनाबाट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजिरहेको पुष्टि भएको छ’ प्रवक्ता प्रकाश ज्वालाले भने,‘यो सरकारको निरंकुशता र फाशिष्ट चरित्रको नांगो रुप हो । हाम्रो पार्टी पत्रकारहरुमाथिको गैरकानुनी धरपकड र संचारमाध्यममाथिको हस्तक्षेप तथा निरंकुश कदमको कडा शब्दमा भत्र्सना गर्दछ ।’
 

सुझावित समाचार