काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका– २ स्थित दुबैगैँडानजिकै बिपी राजमार्गमा सोमबार बिहान हायस गाडी दुर्घटना भएको छ। झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ख ८४५९ नम्बरको हायस अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो।
नेपाल प्रहरीका अनुसार सोमबार बिहान करिब २ः२५ बजेको समयमा उक्त दुर्घटना भएको हो। दुर्घटनाको जानकारीपछि प्रहरी चौकी भकुन्डेबेँसी काभ्रेबाट प्रहरी नायब निरीक्षक प्रकाश पाण्डेको कमान्डमा र अस्थायी प्रहरी पोस्ट काभ्रेभन्ज्याङबाट प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घाइते हुनेहरूमा चालक इलाम– ६ का ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु– ७ की २६ वर्षीया रिता आपागाईं र उनका नाै वर्षीय छोरा रितिक आपागाईं रहेका छन्। प्रहरीको उद्धार टोलीले तीनैजनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ।