सांस्कृतिक साँझमा झुम्दै गुलरिया

आइतबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण

बर्दिया । विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर सांस्कृतिक कार्यक्रममा गुलरिया झुमिरहेको छ  । बर्दिया युथ ब्ल्याकबक क्लबकाे आयोजनामा  विजयादशमी, दीपावली तथा छठ पर्वकाे अवसर पारेर सांस्कृतिक कार्यक्रममा गुलरिया झुमिरहेको हो । 

गुलरिया नगरपालिका– ६, राधाकृष्ण चोकमा भएको कार्यक्रममा नेपाल आइडल सिजन ५ का विजेता करण परियार, गायिका एलिना चौहान र कलाकार अञ्जली अधिकारीको प्रस्तुति रहेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहेको थियो ।

बर्दियामा पहिलोपटक एलइडी डिस्प्ले प्रयोग गरेर  सांस्कृतिक कार्यक्रम भएको छ । कार्यक्रममा सहभागी दर्शकहरूले  सांस्कृतिक प्रस्तुतिमा  मनोरञ्जन लिएका छन्  । सांस्कृतिक कार्यालयले गर्दा गुलरियाको माहोल सांगीतिक र सांस्कृतिकमय बनेको छ ।
 

सुझावित समाचार