काठमाडाैं । बडादसैँको चौथो दिन आज नवदुर्गाको चौथो दिन कुष्मान्डा भगवतीको पूजा–आराधना गरिँदै छ । नवरात्रमा दुर्गाका नौ स्वरूपको क्रमशः उपासना गर्ने परम्पराअनुसार आज कुष्मान्डाको पूजा गरिन्छ ।
कुष्मान्डालाई सृष्टि र शुभकर्मको थालनीको प्रतीक मानिन्छ । देवीले ब्रह्माण्डको सृष्टि गरेको तथा सूर्यलाई तापशक्ति प्रदान गरेको धार्मिक विश्वास छ ।