बुढीगण्डकी बाढीपछि ६ जनाको हवाई उद्धार, नेपाली सेना खोज तथा उद्धारमा परिचालित

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण


काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीपछि सरकारले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट उद्धार कार्य सञ्चालन गर्दै पहिरोको जोखिममा रहेको क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको छ।

गृह मन्त्रालयको जानकारीअनुसार, जोखिममा परेका नागरिकको जीवनरक्षाका लागि नेपाली सेनाको टोलीलाई परिचालन गरिएको हो। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको छ।

बुढीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्ती जोखिममा परेका छन्। गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रको अवस्थालाई ध्यानमा राख्दै उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा प्राथमिकता दिइएको बताए।  भौगोलिक विकटता र बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले हवाई र स्थलमार्ग दुवै माध्यमबाट खोज तथा उद्धार कार्य अघि बढाइरहेका छन्।

 

सुझावित समाचार