- घर बगे पनि मानवीय क्षति भएकाे छैन, बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरियाे
पर्वतको जलजला गाउँपालिका– ८ स्थित फर्सेमा आइतबार बिहान करिब ८ बजे कालीगण्डकी नदीको बहाब बढेर तटीय क्षेत्रकाे बस्तीमा पस्दा २५ घर बगेका छन् । यस बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको तथा अन्य घरहरूसमेत जोखिममा रहेको प्रहरीले जनाएको छ ।
घर बगे पनि मानवीय क्षति भने नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीको भनाइ छ ।
पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन । उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ । घटनाको थप विवरण आउन बाँकी छ ।