पाल्पाको माथागढी गाउँपालिका– ३, भसकट्टामा पहिरोले घर पुरिएर तीनजना बेपत्ता भएका छन् । वर्षाका कारण आइतबार बिहान करिब ४:३० बजे पहिरो खस्दा लिलबहादुर घर्तीमगरको घर पुरिएकाे हाे । पहिराेमा पुरिएर तीजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षीया छोरी दिना घर्तीमगर र छिमेकी मोतीलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती रहेका छन् । अहिले घटनास्थलमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी खटिएको छ ।