काभ्रेपलान्चोकमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ। धुलिखेल नगरपालिका-९, ठुलीटारका ५७ वर्षीय हिरालाल गौतमलाई धुलिखेल नगरपालिका-९, कल्छेस्थित डाँफेखोलाले बगाएकाे हाे। उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार अविरल वर्षापछि आएको बाढीले कल्छेबाट बगाई करिब १.५ किलोमिटर तल धुलिखेल-११ मा रहेकाे डाँफे खोलाको बगर छेउमा उनकाे शव फेला परेको प्रहरीले जनाएकाे छ।