मधेशमा हुंकार मधेशको अभियान घोषणा गरिएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो अभियानको घोषणा गरिएको हो ।
समग्र थरुहट–मधेश जोड्ने अभियान नै घोषणा गरिएको सभामा हुंकार मधेशको अवधारणापत्र र केन्द्रीय अभियन्ताको सूची सार्वजनिक गरिएको छ । केशव झाको नेतृत्वमा यस्तो राजनीतिक अभियान सुरु भएको हो।
अवधारणापत्रमा मौलिकतावादको वैचारिकी र सामुदायिक समाजवादको अर्थनीति समाजमा स्थापित गराउने। पाँच ‘स’ अर्थात् सनातन, संघीयता, सामाजिक न्याय, सुशासन र समृद्धिको मान्यताअनुरूप शासन सत्ता कायम गराउने, जातीय भेदभाव र छुवाछुत अन्त्य र सामूहिक पहिचान कायम गराउन नामबाट थर हटाउन प्रेरित गर्ने अभियान सञ्चालन गराउनेलगायत छन्।
पार्टी सिस्टमको पद र लाभको पदमा एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी अवसर नपाउने व्यवस्था लागू गराउन, संगठनको कुनै पनि कार्यकारी तहको अध्यक्ष–संयोजक हुन अधिकतम ४९ वर्ष र कुनै पनि समितिमा रहन अधिकतम ६५ वर्षको उमेर हद लागू गराउन, संगठनभित्र तीन उमेर समूह चालीसभन्दा मुनि ४०%, ६० भन्दा मुनि ४०% र ६० भन्दा माथि २०% अनुपात रहने व्यवस्था लागू गराउने, ‘राजनीति र उद्यम सँगसँगै’को मान्यता स्थापित गराउने अवधारणा छ ।
अवधारणापत्रमा योग्य र ज्ञानी व्यक्तिले शासन गर्नुपर्ने मान्यतालाई अंगीकार गर्न संगठनको संयोजक–अध्यक्ष बन्न केन्द्रमा स्नातकोत्तर र मातहतको समितिमा स्नातक हुनुपर्ने व्यवस्था कायम गराउने, पूर्वीय दर्शन, सभ्यता, सनातन संस्कृति, पूर्वीय ज्ञानप्रणालीको रक्षा र संरक्षण गराउने, संविधानमा प्राप्त अधिकारलाई कार्यान्वयन गराउन, संविधान संशोधन गराई अधुरा माग पूरा गराउन, संघीयतालाई अधिकारसम्पन्न बनाउन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउने, भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज तथा मनोविज्ञान निर्माण गराउने, प्रादेशिक पहिचान राष्ट्रियताको आधारमा र केन्द्रीय पहिचान धर्मको आधारमा कायम गराई ‘संघीय लोकतान्त्रिक हिन्दु गणराज्य’ घोषणा गराउनेलगायत २१ बुँदा छन् ।
यी हुन् ११८ अभियन्ताः