बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४:३० बजे काभ्रेको रोशी गाउँपालिका– ७, चारसयबेँसी र रोशी गाउँपालिका– ८, गिम्दीबेँसीस्थित बिपी राजमार्ग सडकखण्डमा सडकमाथिबाट पहिरो खस्दा दुवैतर्फ बाटो अवरुद्ध भएकाे हो ।
सडक अवरुद्ध भएकाले बिपी राजमार्ग भई यात्रा गर्ने यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुराेध गरिएकाे छ ।