मनी ट्रान्सफरको आवरणमा हुन्डी कारोबार, ५२ वटा खाताबाट एक अर्बको कारोबार

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

मनी ट्रान्सफर कम्पनीको आवरणमा हुन्डी कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन्। सुनसरीको धरान १३ घर भएका ज्योति शाही पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई धरान- ५, खैरेनीबाट पक्राउ गरेको हो। 

उनले शाही मनी ट्रान्सफरको आवरणमा हुन्डी कारोबार गरेका हुन्। सो कम्पनीको नाममा उनले ५२ वटा बैंक खाता खोलेका थिए। ती खाता प्रयोग गरी हुन्डीको रकम अनलाइनमार्फत नै ट्रान्सफर गर्दै आएको सिआइबीले जनाएको छ। उनले एक अर्ब तीन करोड ८४ लाख रुपैयाँबराबरको हुन्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। 

सुझावित समाचार