नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई क्वार्टर खाली गर्न अल्टिमेटम

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई छात्रावास छाड्न १२ घण्टे अल्टिमेटम दिएको छ। कलेजले बिहीबार सूचना जारी गर्दै कलेजबाट उपलब्ध गराइएको छात्रावास, क्वार्टर वा अन्य आवासीय सुविधा खाली गर्न निर्देशन दिएको हो।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखिसकेको उल्लेख गर्दै कलेजले भनेको छ, ‘सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई यो सूचना जारी भएको समयदेखि १२ घण्टाभित्र कलेजबाट उपलब्ध गराइएको छात्रावास कोठा–क्वार्टर वा अन्य कुनै आवासीय सुविधा खाली गरी आफ्नो जिम्मामा रहेको कलेजको कुनै पनि सम्पत्ति सम्बन्धित छात्रावास–प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइन्छ।’

अर्को सूचना जारी नभएसम्म सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूको शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, ड्युटी र अन्य सबै प्रशिक्षण गतिविधिहरू स्थगित रहने कलेजले प्रस्ट पारेको छ।

सुझावित समाचार