नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले यस वर्षको दसैँका लागि ‘बजाज गेम अफ पावर– खेल्ने हो ?’ अभियान ल्याएको छ । अभियानमार्फत बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीले मोटरसाइकल खरिदसँगै पुरस्कार जित्ने, डिजिटल रेसमा सहभागी हुने र आफ्ना मन पर्ने च्याम्पियनसँग भेट्ने अवसर पाउनेछन् ।
कम्पनीका अनुसार बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाखसम्मको पुरस्कार पाउनेछन् । साथै, स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहार जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ । अभियानको विशेष आकर्षणका रूपमा रवीन्द्र ढाँट, सिआर ७ होराआ (सन्जन गौतम) र दीपेन्द्रसिंह ऐरीसँग भेट्ने अवसरसमेत रहेको बताइएको छ । अभियानअन्तर्गत छनोट भएका विजेताले यी च्याम्पियनहरूसँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन् ।
अभियानलाई डिजिटल माध्यममा पनि जोड्दै बजाजले ‘पल्सर रेसिङ गेम’ ल्याएको छ । यसमा सहभागीहरूले आफूलाई मन पर्ने च्याम्पियनको पात्र छनोट गरी डिजिटल ट्र्याकमा रेस गर्न सक्नेछन् । सबैभन्दा कम समयमा रेस पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले हस्ताक्षरित टिसर्ट, च्याम्पियनका सामग्री तथा बजाजका विशेष उपहार जित्न सक्नेछन् ।
डिजिटल माध्यमको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै अभियानमा युवाहरूलाई लक्षित विभिन्न गतिविधि समेटिएको कम्पनीले जनाएको छ ।