नेकपाले दुईमहिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुईमहिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ। मंगलबार पेरिसडाँडामा बसेको नेकपाको केन्द्रीय कार्यसंयोजन समिति बैठकले असोज १५ देखि मंसिर १५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

संगठन निर्माण, पार्टी र जनवर्गीय संगठनका बाँकी कामको समायोजन, सदस्यता वितरण तथा नवीकरणलगायतका अभियानसमेतलाई जोडेर राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

‘केन्द्रदेखि गाउँगाउँ, टोलटोल र जनताको घरदैलोसम्म पुगेर हामी यो अभियान सफल बनाउने एउटा महत्वपूर्ण निर्णय गरेका छौँ,’ बैठकपछि ज्वालाले भने।
 

सुझावित समाचार