रेशम चौधरीको कैद माफी सर्वाेच्च अदालतबाट सदर

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

थरुहट नेता तथा पूर्वसांसाद रेशम चौधरीको कैद माफी सर्वाेच्च अदालतबाट सदर भएको छ । ११ वर्षअघिको टीकापुर घटनामा जन्मकैद सजाय पाएर पनि राष्ट्रपति रामचन्द पौडेलबाट कैद छुट पाएर छुटेका चौधरीविरुद्ध परेका दुई रिट सर्वाेच्चले मंगलबार खारेज गरेसँगै उनको कैद माफी सदर भएको हो। 

२०७२ साल भदौको थरुहट आन्दोलनमा ज्यान गुमाएका प्रहरीकी श्रीमती शारदा कडायतलगायते कैद माफीविरुद्ध चौधरी, राष्ट्रपति कार्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन्। सर्वाेच्च अदालतले मंगलबार त्यसको सुनुवाइ गर्दै रिट खारेज गरेको हो। चौधरी २०८० को जेठ १५ गते गणतन्त्र दिवसमा माफी पाएर छुटेका हुन्। उनलाई तीनै तहको अदालतले दोषी ठहर गरेको थियो। 

सुझावित समाचार