छोराको न्याय माग्दै रास्वपा सांसद खतिवडा : अब कुनै आमाले सन्तान गुमाउनु नपरोस्

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले आफ्नो संसद् यात्रा पद वा राजनीतिक रहर नभई न्यायको खोजीका लागि भएको बताएकी छिन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा भावुक हुँदै उनले आफ्नो छोराको मृत्युको पीडा बोकेर आफू संसदमा आएको बताइन्। उनले छोराको मृत्युको घटनामा न्याय दिलाउन सरकारसँग माग गर्दै अब कुनै पनि आमाले सन्तान गुमाउनुपर्ने अवस्था आउन नदिन राज्य जिम्मेवार बन्नुपर्ने बताइन्।

सांसद खतिवडाले आफ्नो पीडामाथि राजनीतिक टिप्पणी नगर्न आग्रह गर्दै संसदमा रहेका सबैले सरकार गलत बाटोमा गए खबरदारी गर्नुपर्ने धारणा राखिन्।

‘मेरो छातीको घाउमाथि कसैले प्रहार नगरोस्,’ उनले भनिन्, ‘मेरो छोरा र म त सहिद भयौँ, कम्तीमा अब मेरा छोराजस्ता अरू छोराहरूले मर्न नपरोस्।’

सुझावित समाचार