लाइसेन्स वितरण थप व्यवस्थित बनाउन त्रिपक्षीय सम्झौता

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई थप व्यवस्थित र सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबिच त्रिपक्षीय सम्झौता भएको छ।

मंगलबार पूर्वाधार विकास मन्त्रालयमा भएको सम्झौताअनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (इडिएलभिआरएस)मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीँबाट लाइसेन्स छपाइ हुनेछ।

इडिएलभिआरएस प्रणालीबाट जारी भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा वितरण गर्ने वा सेवाग्राहीले इच्छाएको ठेगानामा पुर्याउने कार्यलाई व्यवस्थित गर्न यो सम्झौता महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

सुझावित समाचार