तीन दिवसीय युनिग्लोब अन्तर्राष्ट्रिय मोडेल युनाइटेड नेसन्स २०२६ सम्पन्न भएको छ । कमलादीस्थित युनिग्लोबमा भएको कार्यक्रम ३ देखि ५ असोजसम्म सञ्चालन भएको थियो ।
सम्मेलनमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए । यस वर्षको सम्मेलनमा नेपालका साथै छिमेकी राष्ट्र भारतका विभिन्न शिक्षण संस्थाबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सहभागी प्रतिनिधिले अन्तर्राष्ट्रिय कूटनीति, विश्वव्यापी चुनौती, दिगो विकास र शान्ति निर्माणका विविध विषयमा गहन छलफल र बहस गरेका थिए । युथ डिप्लोमेसी र कूटनीतिक अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा नेपाल र भारतका अनुभवी एवं दक्ष डायसस दस्यहरूको पनि उपस्थिति थियो । टोलीले युवा प्रतिनिधिलाई अनुसन्धान, भाषणकला र वार्ता रणनीतिमा मार्गदर्शन गरेका थिए ।