सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेर तीन लाख तीन हजार नाै सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। अघिल्लो दिन चार हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर चार हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।