मंगलदीप सेन्ट थ्री इन वान नेपालमा

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

 सूर्य नेपाल भेन्चर्सले मंगलदीप सेन्ट थ्री इन वान अगरबत्ती सार्वजनिक गरेको छ । नयाँ उत्पादनमा तीन प्रिमियम सुगन्ध एब्सोलुट, रोयल र इन्टेन्सिटी एउटै प्याकमा समावेश गरिएको छ ।

चारकोलरहित तथा लामो समयसम्म टिकिरहने सुगन्ध यसका प्रमुख विशेषता हुन् । एउटै प्याकमा तीन फरक सुगन्ध उपलब्ध हुने भएकाले उपभोक्ताले आफ्नो रुचि, मुड वा अवसरअनुसार सुगन्ध छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । ‘पफ्र्युमबाट प्रेरित तथा चारकोलरहित सुगन्धमार्फत हामीले उपभोक्तालाई स्वास्थ्यकर विकल्प, तर थप आनन्ददायी दैनिक अनुभव दिन खोजेका हौँ ।

सेन्ट थ्री इन वानलाई सार्वजनीकरण गरी नेपाली उपभोक्तालाई बुझ्दै र उनीहरूको बदलिँदो आवश्यकताअनुसार अघि बढ्दै जाने हाम्रो निरन्तर लगानीलाई पुनः पुष्टि गर्दछु,’ सूर्य नेपाल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक गौरव तायलले भने । 

सुझावित समाचार