दसैँ–तिहारलाई लक्षित गर्दै सोफा तथा गृहसज्जाका सामग्री बिक्री गर्दै आएको सोफा हब काठमाडौंले उपभोक्ताका लागि विशेष ‘दसैँ–तिहार झट्का अफर’ सार्वजनिक गरेको छ।
अफरअन्तर्गत सोफा तथा अन्य फर्निचर खरिद गर्ने ग्राहकमध्ये १० जना भाग्यशाली विजेताले चिट्ठामार्फत निःशुल्क थाइल्यान्ड भ्रमणको अवसर पाउने कम्पनीले जनाएको छ। अन्य ग्राहकले पनि छुट, ग्यारेन्टी, निःशुल्क सेवा तथा ‘स्क्र्याच कार्ड’मार्फत विभिन्न उपहार प्राप्त गर्नेछन्।
सोफा हबका सञ्चालक तारा धरेलका अनुसार ग्राहकलाई खरिदसँगै केही न केही उपहार उपलब्ध गराउने उद्देश्यले यस वर्ष विशेष योजना ल्याइएको हो। उनका अनुसार ३५ हजार रुपैयाँको सोफा खरिद गर्ने ग्राहकले सोही मूल्यबराबरको फ्रिज उपहार पाउनेछन्।
त्यस्तै, स्क्र्याच कार्डमार्फत फ्रिज, बिजुलीको केतली, राइस कुकर, हिटर तथा तातो–चिसो पानी राख्ने बोतललगायतका उपहार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सोफा हबलाई टिकटक, फेसबुक, इन्स्टाग्राम वा युट्युबमा फलो गर्नेहरूमध्ये एकजना भाग्यशाली विजेताले ६५ हजार रुपैयाँ मूल्यबराबरको सोफा निःशुल्क पाउनेछन्।
५० प्रतिशतसम्म छुट र २० वर्षसम्म ग्यारेन्टी
अफर अवधिभर ग्राहकले फर्निचर खरिदमा विभिन्न अतिरिक्त सुविधा पाउने कम्पनीले जनाएको छ। नेपालभर सामान निःशुल्क डेलिभरी, फर्निचरमा ५० प्रतिशतसम्म छुट तथा खरिद गरिएका उत्पादनमा २० वर्षसम्मको ग्यारेन्टी उपलब्ध हुने बताइएको छ।
ग्यारेन्टी अवधिभित्र उत्पादनमा समस्या देखिएमा कम्पनीले आवश्यकताअनुसार मर्मत वा प्रतिस्थापनको सुविधा उपलब्ध गराउने जनाएको छ।