जेन–जी आन्दोलनमा फरार लागुऔषध मुद्दाका प्रतिवादी पक्राउ

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

सिराहा प्रहरीले पछिल्लो वर्ष जेन–जी आन्दोलनको क्रममा लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

गोलबजारस्थित इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले लागुऔषध मुद्दाअन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडाैंको हिरासतबाट फरार सिराहाको अर्नमा गाउँपालिका– २, ब्रह्मपुरीका करिब २३ वर्षीय धीरजकुमार महतोलाई पक्राउ गरेको सिराहा प्रहरीले जनाएको  छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार जेन–जी आन्दोलनको क्रममा फरार भएका महतो घरमै लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरीमा दाखिला गरिएको छ । 
 

सुझावित समाचार