प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन–जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार अन्तरक्रियामा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलनसहित दिगो विकासका विषयमा छलफल भइरहेको छ।
युवा पुस्ताका प्राथमिकता, आवश्यकता र उनीहरूले उठाउँदै आएका समसामयिक विषयलाई सरकारका नीति तथा कार्यक्रमसँग जोड्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको सचिवालयले जनाएको छ।
छलफलमा प्रविधिको प्रभावकारी प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई थप सहज र पारदर्शी बनाउने, युवाका लागि रोजगारी तथा उद्यमशीलताको वातावरण निर्माण गर्ने, प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने र स्वास्थ्य सेवामा सर्वसुलभता कायम गर्ने विषयमा समेत विचार–विमर्श भइरहेको छ।
त्यस्तै, वातावरण संरक्षण र प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै विकासका गतिविधिलाई वातावरणीय सन्तुलनसँग जोड्ने विषयमा पनि छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।