मुक्तिनाथ फाउन्डेसनको पाँचौँ वाषिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

मुक्तिनाथ फाउन्डेसनले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा बृहत् रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्यभित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ।

मुक्तिनाथ फाउन्डेसन सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरूलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने संस्था हो। यसअघिदेखि नै संस्थाले विभिन्न किसिमका सामाजिक कार्यहरू गर्दै आएको छ।

पाँचौँ वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ६५ पोका रगत संकलन भएको छ। सो कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटीबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल, रोयल सहकारी, विन्धवासिनी म्युजिक प्रालि तथा एम.एन. हस्पिटलसमेतको सहभागिता र समन्वय गरेका थिए।

सुझावित समाचार