मुक्तिनाथ विकास र कर्मा रेसिडेन्सिजबिच सम्झौता

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेड र गुड कर्मा ग्रुप अफ कम्पनिज प्रालि (कर्मा रेसिडेन्सिज)बिच आवास कर्जा सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार आधार दरमा ०.२५ प्रतिशत प्रिमियममै आवास कर्जा सुविधाप्राप्त गर्न सक्नेछन् । कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ । 

यस सहकार्यबाट कर्मा रेसिडेन्सिजका आवासीय परियोजनाका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ । कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्पत्तिको मूल्यांकन, कानुनी तथा प्राविधिक परीक्षण र बैंकको प्रचलित नीतिअनुसार उपलब्ध हुने बताइएको छ । 

साथै, मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषिलगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको छ । 

सुझावित समाचार