कामना सेवाको १५% लाभांश पारित

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त सभाले करसहित १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । 

साथै, अग्राधिकार सेयरधनीले उक्त सेयर बाँडफाँड गरेको मितिदेखि असार मसान्तसम्मका लागि नौ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित भएको छ । सोही सभाले लेखापरीक्षकको प्रतिवेदनसहितका विवरण पनि पारित गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले निरन्तर रूपमा दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएकोमा आगामी दिनमा पनि संस्थालाई दिगो र सबल बनाउन प्रतिबद्ध रहेको बताए । 

सुझावित समाचार