नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पिएमजिओ)को आधिकारिक इन्टरनेट साझेदार भायानेट कम्युनिकेसन्स बनेको छ । सम्झौताअनुसार प्रतियोगिताका लागि आवश्यक इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउनेछ ।
पिएमजिओसँगको यो साझेदारी भायानेटको ई–स्पोर्टस् क्षेत्रमा बढ्दो संलग्नताको अर्को महत्वपूर्ण कदम भएको कम्पनीले बताएको छ । यसअघि भायानेटले पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पिएमएनसी)मा आधिकारिक इन्टरनेट साझेदारका रूपमा सेवा प्रदान गरेको थियो ।
पिएमजिओसँगको यस साझेदारीमार्फत भायानेटले अन्तर्राष्ट्रियस्तरको ई–स्पोर्टस् सञ्चालन गर्न सक्षम बनाउने नेटवर्क विश्वसनीयता, स्थिरता र न्यून विलम्ब नै आफ्ना ग्राहकले दैनिक रूपमा अनुभव गर्ने कनेक्टिभिटीको आधार भएको देखाउन चाहेको बताएको छ ।
कम्पनीका अनुसार यस साझेदारीले नेपालको गेमिङ तथा ई–स्पोर्टस् क्षेत्रमा भायानेटको बढ्दो संलग्नतालाई थप मजबुत बनाएको छ । जहाँ खेल रोकिन हुँदैन, त्यहाँ नेटवर्क असफल हुन सक्दैन ।
‘ई–स्पोर्टस्मा खेलको नतिजा खेलाडीको सिप र निर्णय क्षमतामा मात्र निर्भर नभई, इन्टरनेटको कार्यसम्पादनले पनि प्रत्यक्ष प्रभाव पार्छ,’ कम्पनीले भनेको छ, ‘यसै कारण, अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताका लागि आवश्यक कनेक्टिभिटी उपलब्ध गराउने जिम्मेवारी भायानेटका लागि महत्वपूर्ण उपलब्धि हो ।’