१४ सहसचिवको सरुवा, दुई महिना गृहमा जिम्मेवारी नपाएका तीन सहसचिवलाई अतिरिक्त समूहमा राखियो

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

सरकारले १४ सहसचिवको सरुवा गरेको छ । गत २५ भदौको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार भएको सरुवा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। 

सरुवामा गृहका तीन सहसचिवलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। डा.पुष्पराज शाही, चिरञ्जीवी पौडेल र भूपेन्द्र थापालाई अतिरिक्त समूहमा राखिएको हो। दुई महिनाअघि गृह मन्त्रालयमा सरुवा भएका उनीहरूले लामो समयसम्म जिम्मेवारी पाएका थिएनन्। 

सामान्य प्रशासन मन्त्रालयका एकदेव अधिकारी र उद्योग मन्त्रालयमा मोतीराम सापकोटालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। 

सरुवा सूचीः 

सुझावित समाचार