अवैध रूपमा अस्ट्रेलिया पठाउन लागिएको चुरोट प्रहरीले विमानस्थलमा बरामद गरेको छ। स्काई किंग लजिस्टिक प्रालिले पठाउन लागेको शिखर आइस चुरोट प्रहरीले बरामद गरेको हो। कार्टुनभित्र प्याकिङ गरी अन्य सामान भनेर चुरोट लैजान लागिएको थियो।
त्यस्तै, गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत अस्ट्रेलिया पठाउन लागिएको १५० बट्टा चुरोट पनि प्रहरीले बरामद गरेको छ। विमानस्थलको कार्गाे भवनको एक्सरे स्क्रिनिङमा ती चुरोट बरामद गरिएको एसपी राजकुमार सिलवालले बताए।