सडक यात्रालाई सुरक्षित बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण
सडक यात्रालाई सुरक्षित बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

नेकपा सांसद रमेश मल्लले सल्यानमा श्रृंखलाबद्ध दुर्घटना भएको विषयमा ध्यानाकर्षण गराउँदै सडक यात्रालाई सुरक्षित बनाउन तीनै तहका सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद मल्लले भने, ‘रसुवा बाढीको गहिरो चोटबाट सम्हालिन नपाउँदै सल्यानमा भएका श्रृंखलाबद्ध दुर्घटनाको पीडामाथि पीडा थपिएको छ।’

गत शनिबार त्रिवेणीमा श्रृंखलाबद्ध दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको उपचार, दुर्घटनाको छानबिनसहित यात्रु बिमा, परिवारलाई राहत र श्रमिकको सामाजिक सुरक्षालाई प्रभावकारी कार्यान्वयन गर्न समेत माग गरे।

उनले भने, ‘यस प्रकारका दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधारको सुधार, चालकको नियमित स्वास्थ्य परीक्षण, सवारीसाधनको अनिवार्य प्राविधिक जाँच, जनचेतना अभिवृद्धि तथा चाडपर्वअघि राजमार्गदेखि स्थानीय सडकसम्म जोखिम पहिचान गरी तत्काल मर्मत, स्तरोन्नती र सडक सुरक्षाको व्यवस्था गर्न तीनै तहका सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु।’

सुझावित समाचार