उच्चमा तीन र जिल्लामा एक न्यायाधीशको नियुक्ति सिफारिस

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

न्यायपरिषद्को बैठकले उच्च अदालतमा तीन न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ। परिषद्को मंगलबार बसेको बैठकले सर्वाेच्चका रजिस्ट्रार भद्रकाली पोखरेल, जिल्ला अदालत, कास्कीका न्यायाधीश हेमलाल बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहको नियुक्ति सिफारिस गरेको हो। 

पोखरेललाई उच्च अदालत, सुर्खेत, बेल्बासेलाई उच्च अदालत, जनकपुर र सिंहलाई उच्च अदालत, विराटनगरमा सिफारिस भएको छ। 

त्यस्तै, सर्वाेच्चका उपसचिव भरतकुमार दाहाललाई जिल्ला न्यायाधीशमा सिफारिस गरिएको छ। 

रिक्त रहेको सर्वाेच्चमा भने नियुक्तिबारे निर्णय भएको छैन। 

सुझावित समाचार