काठमाडौंको ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँसहित २० वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका– ३ घर भई ठमेल बस्ने युवराज घतानी रहेका प्रहरीले जनाएको छ।
शनिबार दिउँसो साढे ३ बजेतिर केशरमहलबाट संचयकोष हुँदै भिआइपी चोकतर्फ जाँदै गरेको बा ९७ प २६४४ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा प्रहरी वृत्त दरबारमार्गको टोलीले घतानीलाई नियन्त्रणमा लिएको हो।
उनीमाथि हुन्डी कारोबारसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।