अविनाशविक्रम शाह निर्देशित नेपाली चलचित्र ‘तिनीहरू’ ९९औँ एकेडेमी अवार्डस् (अस्कर)का लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत ‘तिनीहरू’ अस्करका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाहले चलचित्रको सम्पूर्ण टिमलाई बधाई दिँदै अन्तर्राष्ट्रिय यात्राका लागि शुभकामना व्यक्त गरेका छन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न लागेको चलचित्र ‘तिनीहरू’ अहिले देशभर दोस्रो सातामा प्रदर्शन भइरहेकोसमेत उल्लेख गरेका छन्।
अस्करमा नेपालको प्रतिनिधित्व गर्ने चलचित्रका रूपमा ‘तिनीहरू’ छनोट भएसँगै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहुँच र उपस्थितिलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।