करेन्ट लागेर धनकुटामा निर्माण व्यवसायीको मृत्यु

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

धनकुटाको महालक्ष्मी नगरपालिका– ७, जितपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

निर्माणाधीन नगर अस्पतालमा शनिबार साँझ करिब ५ बजेतिर पानी तान्ने मोटरबाट विद्युत् सर्ट भएर करेन्ट लाग्दा महालक्ष्मी नगरपालिका– ६ मा बस्दै आएका ४१ वर्षीय राजकुमार राईको मृत्यु भएको हो।

भोजपुरको साल्पासिलिछो गाउँपालिका– ४ का स्थायी बासिन्दा राई निर्माण व्यवसायी हुन्। उनले महालक्ष्मी नगरपालिकाको नगर अस्पताल निर्माणको काम गर्दै आएका थिए। अचानक विद्युत् सर्ट भएर करेन्ट लाग्दा राई गम्भीर घाइते भएका थिए।

करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई तत्काल उपचारका लागि जितपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ।

सुझावित समाचार