यो सातामा सेयर बजार सामान्य बढेको छ । सातामा बजार १६.७२ अंक अर्थात् ०.६५ प्रतिशतले बढेको हो । गत बिहीबार (१८ भदौ) २५४२.७७ विन्दु रहेको नेप्से परिसूचक यो साता सामान्य अंकले बढेर २५५९.४९ विन्दुमा बन्द भएको छ ।
यो साता चार दिन मात्रै सेयर बजार खुल्यो । चार दिनमा दुई दिन बजार बढ्यो भने दुई दिन घट्यो । साताको पहिलो कारोबार दिन सोमबार १८.०७ अंकले बजार बढ्यो । मंगलबार जेन–जी दिवसमा सरकारले बिदा दिएपछि अर्को कारोबार बुधबार भयो । सो दिन १५.४३ र बिहीबार १३.८५ प्रतिशतले बढेको बजार शुक्रबार २७.९४ अंकले बढेको हो ।
साढे ६ हजारले घट्यो सुन
यो साता सुन प्रतितोला ६ हजार चार सय रुपैयाँले घटेको छ । गत शुक्रबार (भदौ १९) प्रतितोला तीन लाख सात हजार चार सयमा कारोबार भएको सुन यो शुक्रबार (२६ भदौ) प्रतितोला तीन लाख एक हजार कायम भएको हो । यो २.०८ प्रतिशतले घटेको हो । त्यसैगरी, चाँदी भने तोलामा एक सय ६५ रुपैयाँले घटेको हो । गत शुक्रबार प्रतितोला चार हजार सात सय ६५ मा किनबेच भएको चाँदी यो शुक्रबार चार हजार ६ सयमा कारोबार भयो ।