नेपाल–चीन सहकार्य अझ विस्तार गर्नुपर्नेमा जोड

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल र चीनका अधिकारीहरूले द्विपक्षीय सहकार्य अझ विस्तार गर्दै जानुपर्नेमा जोड दिएका छन् । प्राकृतिक विपत्तिका साथै समृद्धिको यात्रामा सहकार्य थप सहकार्य गर्दै जानुपर्ने आवश्यकता उनीहरूले औँल्याएका छन् । काठमाडौंमा शनिबार सुरु भएको दुईदिने ‘काष्ठमण्डप संवाद २०२६’ उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ राजदूत झाङ माओमिङले दुई देशबिचको सहकार्य आर्थिक अवसर र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छन् ।

संवादमा राजनीतिक दलका नेताहरूको सेसनका साथै विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । पूर्वप्रधानमन्त्री खनालले विपत्का समयमा सहायता उपलब्ध गराएकोमा चीनलाई धन्यवाद दिँँदै समृद्धि र प्रतिकूलता दुवै अवस्थामा नेपालसँग उभिने भरपर्दो मित्रका रूपमा चीनलाई चित्रण गरे । विश्वव्यापी तापक्रम वृद्धि र सीमापार पारिस्थितिक जोखिमसँग सम्बन्धित विपत्लाई नेपालको आन्तरिक समस्याका रूपमा मात्र बुझ्न नहुने उनले बताए । 

परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली विपत्प्रति दुःख व्यक्त गर्दै विपत्का वेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा चीनलाई धन्यवाद दिए । सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली अन्तरसम्बन्धित रहेको उनले बताए । वातावरणीय जोखिम र विपत् राष्ट्रिय सीमाभित्र मात्र सीमित नरहने भन्दै उनले साझा उत्तरदायित्व, समन्वित पूर्वतयारी र क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याए ।

नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै भूगोलले मात्र सम्बन्धको भविष्य निर्धारण नगर्ने बताए । चिनियाँ राजदूत माओ मिङले गत १० भदौमा नेपालमा आएको पहिरो र बाढीबाट भएको क्षतिप्रति गहिरो सहानुभूति व्यक्त गर्दै नेपाललाई प्रदान गरिएको सहयोगको विवरण सार्वजनिक गरे । उनका अनुसार चीनले नेपाललाई अमेरिकी डलर २४ लाख नगद सहायता उपलब्ध गराउनुका साथै ड्रोन, बेली पुल, डिएनए परीक्षण उपकरण र उद्धार डुंगासहित राहत सामग्री तथा सुरुङ उद्धार, डिएनए र फरेन्सिक पहिचानसम्बन्धी २४ जना विज्ञ पठाइएको जनाए । 

सुझावित समाचार