सुनको मूल्य चार हजार आठ सय रुपैयाँले घट्यो

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख एक हजार रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला तीन लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिन उल्लेख्य घटेको हो।

यस साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला तीन लाख सात हजार चार सय रुपैयाँ थियो। यस हिसाबले साताको सुरुवातको तुलनामा शुक्रबारसम्म सुनको मूल्य प्रतितोला ६ हजार चार सय रुपैयाँले घटेको छ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २५५ रुपैयाँले घटेको छ। महासंघका अनुसार बिहीबार प्रतितोला चार हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार चार हजार ६ सय रुपैयाँमा झरेको हो।

आइतबार चाँदीको मूल्य प्रतितोला चार हजार ७६५ रुपैयाँ रहेको थियो। साताको पहिलो दिनको तुलनामा शुक्रबारसम्म चाँदीको मूल्य प्रतितोला १६५ रुपैयाँले घटेको छ।

सुझावित समाचार