पाँचतारे स्तरको होटेल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि जारी साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटलाई नियुक्त गरेकोे छ ।
यससम्बन्धी काम गर्न होटेलका तर्फबाट सञ्चालक सुनील अग्रवाल तथा लक्ष्मी सन्राइजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
होटेलले प्रतिकित्ता एक सय दरमा १५ करोड रुपैयाँले हुन आउने १५ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ ।