अस्पताल परिसरबाहिर प्रसूति घटना छानबिन गर्न समिति गठन

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति जिल्ला प्रशासन कार्यालय सप्तरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

घटनाको विस्तृत छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

प्रशासनले गठन गरेको समितिमा स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतिशकुमार यादव संयोजक छन्। समितिका सदस्यहरूमा राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक कामेश्वर यादव र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलदेव यादव छन्। 

मंगलबार राति अस्पताल आएकी राजविराज नगरपालिका–१४, पर्साहीकी ३० वर्षीया बबिताकुमारी पासवानले सडकपेटीमै शिशुलाई जन्म दिएकी थिइन्।

सुझावित समाचार