भोटेकोशी बाढी प्रभावितका लागि एमपिआइएको ३१ लाख सहयोग

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपिआइए)ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एमपिआइएले आफ्ना सदस्य संस्थाहरूबाट संकलित ३१ लाख रुपैयाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुधबार हस्तान्तरण गरेको हो। उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको एसोसिएसनले जनाएको छ।

यसबाट विपतका कारण घरबार, सम्पत्ति तथा दैनिक जीवनमा ठुलो क्षति व्यहोरेका नागरिकहरूको राहत तथा उद्धार कार्यमा केही सहयोग पुग्ने विश्वास एमपिआइएले व्यक्त गरेको छ। एमपिआइएका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले उक्त सहयोग रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
 

सुझावित समाचार