रसुवा बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३७७ जनाको मृत्यु भएको छ भने पाँच हजार १३० जना अझै बेपत्ता छन्।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८ र रसुवामा १७८ जनाको शव फेला परेको छ। हालसम्म १०४ शवको सनाखत भएको छ।
विपतपछि १९ अस्पतालमा ३३३ जनाको उपचार भइरहेको छ भने २५६ जना डिस्चार्ज भएका छन्। हालसम्म १३ हजार ६५६ जनाको उद्धार गरिएको छ।
उद्धार तथा राहतका लागि नेपाली सेना र सशस्त्र प्रहरीका गरी एक हजार ६२० हवाई उडान भएका छन्। खोज, उद्धार तथा सुरक्षाका लागि २१ हजार ६३ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।