नक्कली प्रमाणपत्र देखाएर अनुसन्धान विभागमा जागिर, प्रमुख अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

केसीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडिएट एजुकेसन युपीको नाममा जारी भएको हाइस्कुल परीक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेका थिए।

सहायक निरीक्षक पदबाट सेवा प्रवेश गरेका उनले सोही नक्कली प्रमाणपत्र पेस गरी २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भई लाभ लिएको आरोपपत्रमा उल्लेख छ।

सुझावित समाचार