भायानेटद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख प्रदान

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख सहयोग प्रदान गरेको छ ।

विपत्तिको समयमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरिएको कम्पनीले जनाएको हो । यस्तो वेला राहत तथा पुनर्स्थापनाका कार्यमा योगदान पुर्याउनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष रहेको भायानेटको विश्वास छ । 

प्रदान गरिएको यस सहयोगबाट रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकार नेतृत्वका राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

साथै, बाढीमा परी ज्यान गुमाउनेप्रति कम्पनीले श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, कम्पनीले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ । 

See More On

सुझावित समाचार