सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड (सोना सिमेन्ट)ले बाढी तथा विपत्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि संयुक्त रूपमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको हो । त्यसैगरी, कम्पनीमा कार्यरत कर्मचारीले आफ्नो एक दिनको तलबबराबर चार लाख ९१ हजार कोषमा सहयोग गरेका छन् ।
साथै, शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिमा डाइरेक्टरसमेत रहेका निपेश तायलले कम्पनीबाट पनि ५० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् । उक्त रकमको चेक कम्पनीका प्रबन्ध निर्देशक निपेश तायललगायतका प्रतिनिधिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटी कार्यालयमा हस्तान्तरण गरेका हुन् ।